काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका काभ्रेका आयुष गौतमले अब काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स विषयमा स्नातक तहको अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने भएका छन्।
चौरीदेउराली गाउँपालिका–६ का गौतमलाई विश्वविद्यालयले अध्ययन अवधिभर पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जानकारी काठमाडौं विश्वविद्यालयका लक्ष्मण लामाले दिएका छन्।सरकारले जारी गरेको ‘जेनजी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ अनुसार गौतमलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो।विश्वविद्यालयका अनुसार कठिन परिस्थितिबाट प्रभावित युवा पुस्तालाई उच्च शिक्षाको अवसर उपलब्ध गराउँदै शिक्षामार्फत उनीहरूलाई सशक्त बनाउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न लागिएको हो।काठमाडौं विश्वविद्यालयले आन्दोलनका क्रममा प्रभावित युवालाई शिक्षाको अवसरमार्फत भविष्य निर्माणमा सहयोग पुर्याउने आफ्नो प्रतिबद्धताअनुसार गौतमलाई यो सुविधा दिन लागेको जनाएको छ।