काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणमा प्रस्थान गरेका छन्।
चीन सरकारको औपचारिक निमन्त्रणामा उनी आज चीनतर्फ गएका हुन्।एक साताको भ्रमणका क्रममा प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले चिनियाँ पक्षका उच्च अधिकारीहरूसँग विभिन्न भेटवार्तासमेत गर्ने नेपाली सेना निकट स्रोतले जनाएको छ।सिग्देलको चीन भ्रमणका क्रममा दुई देशका सुरक्षा तथा सैन्य सम्बन्धसँग सम्बन्धित विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।प्रधान सेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।