काठमाडाैँ । काभ्रेपलाञ्चोकको बनेपामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
अरनिको राजमार्गअन्तर्गत बनेपा–७ स्थित उग्रचण्डी पेट्रोल पम्पनजिक सडक पार गर्ने क्रममा ७२ वर्षीय ज्ञानलाल मानन्धरलाई मोटरसाइकलले ठक्कर दिएको थियो। धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक महाभारत–६ घर भई हाल बनेपा–४ नालामा बस्दै आएका २७ वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।