काठमाडौं ।स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ।
अब स्वास्थ्य बीमा नवीकरण गर्न परिवारमा आबद्ध सबै सदस्यको ग्राहक पहिचान अर्थात् केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने भएको छ।बोर्डले बुधबार सूचना जारी गर्दै यसअघि प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा र खल्तीजस्ता विद्युतीय माध्यमबाट प्रत्यक्ष रूपमा बीमा नवीकरण गर्ने सुविधा हटाएको जनाएको छ।अब बीमितले स्वास्थ्य बीमा बोर्डको आधिकारिक एचआइबी ई–पोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गर्नुपर्नेछ। त्यसपछि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गरेर मात्र बीमा नवीकरण गर्न सकिनेछ।बोर्डले नयाँ व्यवस्थाले बीमा सेवामा पारदर्शिता, व्यवस्थित अभिलेख तथा प्रविधिमैत्री सेवा प्रवाहमा सहयोग पुग्ने जनाएको छ।