काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये १ सय ९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका शवमध्ये १ सय ७४ वटाको पोस्टमार्टम तथा परीक्षण प्रक्रिया पूरा भइसकेको छ।हालसम्म २४ वटा शवको मात्रै पहिचान खुलेको र पहिचान भएका शव परिवार तथा आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ।डा. चौधरीका अनुसार अस्पतालमा ल्याइएका शवमध्ये १ सय ५१ वटा शवको व्यवस्थापन भइसकेको छ। साथै, थप १० वटा शवका विभिन्न अंगसहित गरी कुल १ सय ६१ शव व्यवस्थापन गरिएको उनले जानकारी दिए।बाढीपछि ठूलो संख्यामा शव तथा अवशेष अस्पतालमा ल्याइएपछि पहिचान र व्यवस्थापनको काम निरन्तर भइरहेको अस्पतालले जनाएको छ।