काठमाडौं । भोटेकोशी र त्रिशूली नदी आसपासमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जय नेपाल पार्टीले ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ।
पार्टीले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीका कारण ठूलो मानवीय क्षति भएको अवस्थामा पीडितको राहत र उद्धार अभियानमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको पार्टीले जनाएको हो।यसैबीच, निर्वाचन आयोगमा दर्ता रहेको राष्ट्रिय एकता मञ्च जय नेपाल पार्टीमा औपचारिक रूपमा समाहित भएको छ। पार्टी सभापति डा। धवलशम्शेर राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्रलाल जोशीसहित पदाधिकारीलाई पार्टीमा स्वागत गरेका छन्।त्यस्तै, केन्द्रीय सदस्य तथा सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीको अध्यक्षतामा बसेको केन्द्रीय विभाग तथा समितिका संयोजकहरूको बैठकले संगठनका विभिन्न विभाग र समितिलाई आगामी १५ दिनभित्र पूर्णता दिने निर्णय गरेको छ।बैठकले विभाग तथा समितिहरूले त्यसपछि २५ दिनभित्र आ–आफ्नो कार्ययोजना पार्टीसमक्ष पेस गर्नुपर्ने निर्णयसमेत गरेको छ।पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमार्फत बैठकका निर्णय तथा पछिल्ला गतिविधिबारे जानकारी दिइएको हो।