काठमाडौं । कारागार कार्यालय चरिकोटमा रहेका कैदीबन्दीहरूले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गरेका छन्।
कारागारमा रहेका १ सय ४७ जना कैदीबन्दीले आपसमा रकम संकलन गरी २५ हजार ५ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेका हुन्।बाढी प्रभावितको उद्धार तथा राहतमा आफ्नो तर्फबाट पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कैदीबन्दीहरूले स्वेच्छाले रकम संकलन गरेको कारागार प्रशासनले जनाएको छ।विपद्को समयमा कारागारभित्र रहेका कैदीबन्दीहरूले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन्। उनीहरूको यो पहलले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।