काठमाडौं । काठमाडौंको बिष्णुमती नदीमा पानीको सतह निरन्तर बढिरहेको भन्दै नदी आसपास तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
केही समय अघी सार्वजनिक गरिएको सूचनामा बिष्णुमती नदीमा पानीको सतह बढिरहेको उल्लेख गर्दै बिहानसम्म तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ । नदीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिमबाट बच्न नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन र आवश्यक सतर्कता कायम राख्न आग्रह गरिएको हो।