काठमाडौं ।त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो र माटो थुप्रिएपछि सडक अवरुद्ध भएको छ।
विशेषगरी बैरेनीलगायत क्षेत्रमा बाढीले ठूलो मात्रामा लेदो ल्याएर सडकमा थुपारेको प्रशासनले जनाएको छ।सडकमा जमेको लेदो हटाउने काम अहिले सुरु गरिएको छ। राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।प्रशासनका अनुसार सडकबाट लेदो हटाएर यातायात सञ्चालनको तयारी भए पनि राजमार्ग पूर्ण रूपमा खुल्न अझै केही समय लाग्नेछ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कामसमेत जारी छन्।