काठमाडाैँ । डडेलधुरामा एक ७ वर्षीय बालक सिँचाइका लागि बनाइएको पोखरीमा मृत अवस्थामा फेला परेका छन्।
अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ घरदेखि करिब २०० मिटर टाढा रहेको सिँचाइ पोखरीमा मृत भेटिएका हुन्। बालक पोखरीमा मृत भेटिएपछि घटनाबारे प्रहरीले जानकारी लिएको छ। घटनाको कारण खुल्न नसकेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।