काठमाडौं ।रसुवामा आएको आकस्मिक बाढीपछि विभिन्न स्थानमा फसेका ११० जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी धुन्चेबाट ८५ जना, टिमुरेबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूली क्षेत्रबाट ३ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो।बुधबार भोटेकोसी नदीमा अचानक आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा समेत परेको बताइएको छ।बाढीका कारण विभिन्न क्षेत्रमा मानिसहरू अलपत्र परेपछि उद्धार कार्यलाई तीव्र पारिएको हो। प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी रहेको जनाइएको छ।