काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोका कारण बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति सीले उपलब्ध सबै स्रोत र क्षमताको प्रयोग गर्दै बेपत्ताको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।बाढीपहिरोका कारण चीनको दक्षिण–पश्चिम क्षेत्रमा रहेको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ नाका आसपासमा ठूलो क्षति पुगेको बताइएको छ। सीमा क्षेत्रमा रहेको चिनियाँ बन्दरगाहमा समेत बाढीपहिरोले असर पुर्याउँदा जनधनको क्षति भएको जनाइएको छ।बाढीपहिरोपछि चिनियाँ पक्षले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न संयन्त्र परिचालन गरेको छ।