काठमाडौं। रसुवाबाट आएको बाढीको प्रभाव धादिङ, तनहुँ र चितवनसम्म पर्न सक्ने सम्भावना देखिएपछि काठमाडौं उपत्यकाबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई नागढुंगामै रोकिएको छ।
बाढीको जोखिम रहेका नदी तथा खोला किनारका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेका बेला प्रभावित क्षेत्रतर्फ जाने सवारीलाई समेत नियन्त्रण गरिएको हो।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार बाढी प्रभावित क्षेत्रमा जाने सवारीसाधनलाई नागढुंगा नाकामै रोकिएको छ।प्रशासनले जोखिमयुक्त तटीय क्षेत्रका नागरिकलाई सम्भावित बाढीबारे सचेत रहन र सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।