काठमाडौं। रसुवामा आएको बाढीका कारण तीन छुट्टाछुट्टै क्षेत्रमा खटिएका नेपाल प्रहरीका ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङ क्षेत्रमा कार्यरत प्रहरीहरू सम्पर्कमा आउन सकेका छैनन्।उनका अनुसार टिमुरे क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ भने बाढीको प्रभाव गल्छी क्षेत्रसम्म पुगेको छ।यसैबीच सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकसहित ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।बाढीको जोखिम बढेपछि नदी तथा खोला आसपासका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित क्षति रोक्न प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ।यस्तै, पृथ्वी राजमार्गअन्तर्गत चितवनको नारायणगढसम्मको सडकखण्डमा समेत सवारी आवागमन रोकिएको जनाइएको छ।सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकायले आवश्यक टोली परिचालन गरी काम गरिरहेको जनाएको छ।