काठमाडौं। रसुवामा बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेनाका दुईवटा हेलिकप्टर मेडिकल टोलीसहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
उद्धार, उपचार तथा आवश्यक सहयोगका लागि स्वास्थ्यकर्मीसहितको टोली हेलिकप्टरमार्फत रसुवा पठाइएको हो। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन थप सुरक्षा निकाय र स्वास्थ्य टोलीसमेत परिचालन भइरहेको छ।