काठमाडौं। रसुवाको टिमुरे क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
बाढी तथा विपद्को अवस्थाका बीच उनीहरू सम्पर्कविहीन भएको बताइएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको जनाएको छ।सम्पर्कविहीन सुरक्षाकर्मीहरूको अवस्था र घटनाबारे थप विवरण आउन बाँकी छ।