काठमाडौं।रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि सबै सुरक्षा हेलिकप्टर परिचालन गरिएको छ।
प्रभावित जिल्लाका अधिकारीहरू समन्वयमा जुटेका छन्।सरकारको आग्रहपछि निजी हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा राखिएको छ।रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने अन्य जिल्लाबाट थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टोली, स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरिरहेको छ। थप एम्बुलेन्स र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। जोखिममा रहेका नागरिकलाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।सम्भावित उद्धारका लागि सबै सुरक्षा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ। सरकारको आग्रहपछि निजी हेलिकप्टर कम्पनीहरूलाई समेत स्ट्यान्डबाइमा रहन भनिएको छ।आवश्यक थप कदमबारे निर्णय गर्न केही बेरमै उच्चस्तरीय बैठक बस्ने तयारी छ। नागरिकलाई सुरक्षित स्थानमा रहन र आफन्तसँग सम्पर्क हुन नसकेमा आधिकारिक उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।