सर्बिया । परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते साँझ सर्बिया आउने भएका छन् । असंलग्न आन्दोलन (नाम) उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल सर्बियाको राजधानी बेलग्रेड आउन लागेका हुन् ।
उनी भदौ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) हुने उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा ३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छन् ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।