काठमाडौं। रसुवामा आएको बाढीपछि खोज तथा उद्धारका क्रममा नुवाकोट र धादिङमा गरी ७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार नुवाकोटमा ४ जना र धादिङमा ३ जनाको शव भेटिएको हो। बाढीपछि विभिन्न क्षेत्रमा गरिएको खोजीका क्रममा ती शव फेला परेको प्रहरीले जनाएको छ।बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीका अनुसार घटनामा दुई जना घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। प्रभावित क्षेत्रको अवस्था र क्षतिको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।बाढीका कारण रसुवासहित आसपासका जिल्लामा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बेपत्ता तथा प्रभावितको खोजी र उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन गरिएको छ।