पोर्चुगल। नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा नेपाली, अंग्रेजी र पोर्चुगिज भाषामा अनुवाद तथा दोभाषे सेवा उपलब्ध गराउन सक्ने व्यक्तिहरूको रोस्टरकाे तयारी गरेको छ।
पोर्चुगलस्थित सरकारी तथा विभिन्न निकायबाट समय–समयमा नेपाली, अंग्रेजी र पोर्चुगिज भाषामा अनुवाद तथा दोभाषे आवश्यक पर्ने भन्दै राजदूतावासमा अनुरोध आउने गरेको जनाउँदै दूतावासले इच्छुक व्यक्तिहरूको विवरण संकलन गर्न लागेको हो।
दूतावासले तीनवटै भाषामा बोल्न तथा लेख्न सक्ने इच्छुक व्यक्ति तथा अनुवादकलाई २५ अगस्ट २०२६ भित्र आवश्यक विवरणसहित इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ। इच्छुक व्यक्तिले आफ्नो पूरा नाम, मोबाइल नम्बर, इमेल ठेगाना, हालको बसोबास ठेगाना तथा पोर्चुगिज भाषा अध्ययन वा तालिम लिएको प्रमाणपत्र/कागजात उपलब्ध गराउनुपर्नेछ। त्यस्तै, अंग्रेजी भाषा अध्ययन वा तालिम लिएको प्रमाणपत्र वा अन्य सम्बन्धित कागजात भएमा सोसमेत पठाउन दूतावासले अनुरोध गरेको छ।