काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
तनहुँ प्रहरीले दिएको जानकारीअनुसार आइतबार रातिदेखि नै पहिरो हटाउने काम भइरहेको छ। पहिरोका कारण सडकको एउटा लेन पूर्ण रूपमा अवरुद्ध भएको छ।सडक खुलाउन निरन्तर प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।पहिरोका कारण राजमार्गमा यातायात प्रभावित भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।