काठमाडौँ । जुम्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक जुम्ला–नाग्मा सडकखण्डमा बिहीबार साँझ एक पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता शालिकराम खनालका अनुसार मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल हुन्।प्रहरीले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको जनाएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।