काठमडौँ । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरी तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन्।
साउन ३१ गते बिहान घरबाट बेपत्ता भएकी चौधरीको खोजी गर्ने क्रममा शव फेला परेको हो। बालिका हराएपछि परिवार, स्थानीयवासी र प्रहरीले खोजी गरिरहेका थिए। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।