काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन शाहले सहिदहरूको नाममा देशवासीलाई सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले भदौ २३ गतेको घटनालाई सरकारको जवाफदेहितासँग जोड्दै प्रधानमन्त्रीले देशव्यापी रूपमा सम्बोधन गर्नुपर्ने बताइन्।उनले उक्त दिनको बलिदानबाट वर्तमान सरकार बनेको भन्दै त्यसको एक वर्ष पुग्न लाग्दा सरकारले आन्दोलनका क्रममा उठाइएका विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा राखिन्।भदौ २३ गते जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदैछ। सांसद खतिवडाका अनुसार भ्रष्टाचार अन्त्य, सुशासन र युवाको सुरक्षित भविष्यको मागसहित भएको आन्दोलनमा धेरै युवाले बलिदान दिएका थिए।
त्यसैले प्रधानमन्त्रीले सहिदको सम्मानमा सम्बोधन गर्दै आन्दोलनपछि सरकारले गरेका काम र पूरा हुन बाँकी प्रतिबद्धताबारे जनतालाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।सांसद खतिवडाले सम्बोधनमार्फत सहिद तथा घाइतेका मागमध्ये कति पूरा भए र अझै कति बाँकी छन् भन्ने विषय स्पष्ट पार्नुपर्ने बताइन्।उनले भ्रष्टाचारमा संलग्नमाथि कारबाहीको अवस्था, सरकारलाई प्रभावकारी काम गर्न रोक्ने तत्व र सहिद तथा घाइते परिवारले न्याय कहिले पाउने भन्ने प्रश्नसमेत उठाइन्।देशले जान्न चाहेको छ—सहिद र घाइतेका कति माग पूरा भए रु कति अझै बाँकी छन्रु’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।उनको भनाइअनुसार भदौ २३ को सम्बोधन केवल औपचारिकता नभई आन्दोलनका प्रतिबद्धता र सरकारको कामको हिसाब जनतासामु प्रस्तुत गर्ने अवसर बन्नुपर्नेछ।