काठमाडौँ । टिपरको ठक्करबाट झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको छ। शनिबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार साइकलमा सवार गणेशलाई टिपरले ठक्कर दिएको थियो। दुर्घटनापछि टिपर चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरेको छ। गणेशको मृत्यु भएको खबर फैलिएपछि आक्रोशित स्थानीयवासीले टिपरमा तोडफोड गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।