काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञ समेट्दै आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् ।
बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा चार जना पुगेका हुन् ।मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिएको थियो ।नयाँ नियुक्तिसँगै सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी तथा निजी क्षेत्रका विषयमा विज्ञता भएका व्यक्तिहरू समेटिएका छन् ।मन्त्रालयका अनुसार सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा मन्त्रीलाई आवश्यक सुझाव तथा परामर्श दिनेछन् ।मन्त्रीका सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।