काठमाडौं। नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ ।
स्टार्टअप तथा साना, मझौला उद्यममा संलग्न महिलालाई सहभागी गराएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने सम्मेलनको उद्देश्य छ ।यसअघि साउन ६ गते आयोजना गरिएको ुग्रीन रनु प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड प्राविधिक कारणले स्थगित भएकोले भदौ ६ गते पुनः सञ्चालन गरिने भएको छ ।नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको सातौँ बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा सम्मेलन गर्ने निर्णय गरेको हो ।पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले स्टार्टअप तथा साना, मझौला उद्यममा संलग्न महिलालाई सम्मेलनमा सहभागी गराउने निर्णय गरेको छ ।
महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।त्यस्तै, बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते आयोजना गरिएको ‘ग्रीन रन’ प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्राविधिक कारणले उक्त दिन महिलातर्फको विजेता घोषणा गर्न नसकिएकाले दौड पुनः सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।पुनः सञ्चालन हुने दौडमा यसअघि दर्ता भइसकेका महिलाका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइने भएको छ ।बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गर्ने निर्णय गरेको छ । उक्त उपसमितिको सहजीकरण केन्द्रीय सदस्य डा। अमिता प्रधानले गर्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।