काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता र गणेश यादवलाई शहीद घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।