काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी आसपासलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् राजेश शर्माले भूकम्पको म्याग्नेच्युड ४.१ रहेको जानकारी दिएका छन्।