काठमाडौँ । पर्वतारोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही (युक्त गुरुङ)को पार्थिव शरीर बिहीबार स्वदेश ल्याइएको छ।
कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको गुरुङको पार्थिव शरीर आफन्तलाई बुझाइएको हो। विमानस्थलमा पार्थिव शरीर पुगेपछि परिवारका सदस्य तथा आफन्त भावुक बनेका थिए। त्यसक्रममा विमानस्थलको वातावरण पनि शोकमय बनेको थियो। परिवारले गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टिका लागि जिम्मा लिएको जनाएको छ।वरिष्ठ पर्वतारोही (मिङमा डेभिड शेर्पा)का अनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ ९एनएमए०को समन्वयमा पार्थिव शरीर स्वदेश ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।