काठमाडौँ । तराई–मधेश क्षेत्रमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबारे छलफल गर्न गृह मन्त्रालयमा मुस्लिम आयोग र विभिन्न हिन्दु संघसंस्थाका प्रतिनिधिबीच बैठक सुरु भएको छ।
मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा जारी बैठकमा तराई–मधेशमा उत्पन्न परिस्थितिलाई कसरी शान्तिपूर्ण ढंगले समाधान गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। उनले विभिन्न समुदायका प्रतिनिधिबीच आपसी संवाद र सहकार्यमार्फत पछिल्लो तनाव कम गर्दै सामाजिक सद्भाव कायम राख्ने उपायबारे विचारविमर्श भइरहेको जानकारी दिइन्।