काठमाडौँ । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यादवको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन्। घटनापछि सिरहाको प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ। घटनाको वास्तविक कारण तथा अन्य विवरणबारे थप जानकारी संकलन भइरहेको प्रशासनले जनाएको छ। स्थिति नियन्त्रणमा राख्न सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेशसमेत जारी गरिएको छ।