काठमाडौँ । (एमाले)का उपाध्यक्ष विष्णु पौडेलमाथि जारी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि विशेष अदालतले हिरासत अवधि पुनः तीन दिन थप गरेको छ।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। योसँगै उनको हिरासत म्याद पाँचौँ पटक थपिएको छ। पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुसन्धान प्रक्रिया अझै जारी रहेकाले आवश्यक प्रमाण संकलन तथा थप छानबिनका लागि अदालतबाट पुनः म्याद थप गरिएको जनाइएको छ।