काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उपचारका क्रममा शुक्रबार निधन भएका नेपालीको शव परिवारले सोमबार बुझेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। यसअघि आइतबार पीडित परिवार र सरकारबीच विभिन्न विषयमा सहमति भएपछि शव बुझ्ने प्रक्रिया अघि बढेको थियो। गत असार २५ गते राहदानी विभागअगाडि काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएका थिए। त्यसलगत्तै उनले आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको थियो।