काठमाडौँ । जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो रणनीतिक लगानी विस्तार गर्ने योजनाअनुसार यो निर्णय गरेको जनाएको छ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा चरणबद्ध रूपमा लगानी गर्ने नीति अनुरूप पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो। निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ। यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने भएको छ। कम्पनीका अनुसार ऊर्जा क्षेत्रमा लगानीको दायरा विस्तार गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले उक्त रणनीतिक निर्णय गरिएको हो।