काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडि एक पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका पवनकुमार भट्टराईका अनुसार घटनापछि तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ।
हालसम्म ती पुरुषको परिचय खुल्न सकेको छैन। उनले आत्मदाहको प्रयास गर्नुको कारण पनि अझै खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।