काठमाडौँ। तनहुँमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका–७, भोटेपानी निवासी १७ वर्षीय अस्मित रानाको भिरबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीका अनुसार बुधबार राति साथीहरूसँग रमाइलो गरी बसिरहेको क्रममा उनी पिसाब फेर्न निस्किएका थिए। त्यसै क्रममा उनी शुक्लागण्डकी–५ झरौटास्थित झरौटा खोलासँगैको सिसौघारी भिरबाट करिब ९० मिटर तल खसेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उद्धार गरी उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएको थियो। तर चिकित्सकले राति १२स्३५ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।