काठमाडौँ । सर्लाहीमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको रामनगर गाउँपालिका–६ मलघट्टाटोल निवासी करिब ५० वर्षीया मिथलेसिया देवी रायको शनिबार दुःखद मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी आफ्नै घर पछाडि रहेको ट्युबेलमा जडान गरिएको विद्युतीय मोटर नजिक नुहाइरहेकी थिइन्। सोही क्रममा अचानक मोटरमा करेन्ट प्रवाह हुँदा उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको ज्यान गएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम ले जानकारी दिएका छन्।