काठमाडौँ । धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारमा बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनले धार्मिक भावनामा आघात पुग्ने तथा सामाजिक सद्भाव भड्काउने प्रकारका अभिव्यक्ति दिएको आरोपमा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।