काठमाडौँ । आर्थिक सर्वेक्षणअनुसार आधारभूत तहमा खुद विद्यार्थी भर्नादर बढेको छ भने माध्यमिक तहमा घटेको देखिएको छ।
शैक्षिक सत्र २०८२ मा आधारभूत तहको खुद भर्नादर ३.७ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ। उमेर समूहको जनसङ्ख्या र वास्तविक तथ्यांक प्रयोग गर्दा यस्तो वृद्धि देखिएको बताइएको छ। तर माध्यमिक तहको खुद भर्नादर भने २०.४ प्रतिशतले घटेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।