काठमाडौँ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोलाको डिलमा फेला परेको छ।
चार दिनदेखि बेपत्ता रहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। स्थानीयका अनुसार शव फुलिएको अवस्थामा फेला परेको थियो। मृतकको पहिचान उनका श्रीमान्ले लगाएको कपडाका आधारमा गरेका हुन्। प्रहरीले घटनाको कारण हालसम्म खुल्न नसकेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।