काठमाडौँ । प्रधानमन्त्री बालेन शाह ले २३ युरोपेली मुलुकका राजदूत तथा कूटनीतिज्ञसँग संयुक्त रूपमा भेटवार्ता गर्ने भएका छन्। मंगलबार हुने उक्त भेट दोस्रो पटकको संयुक्त संवाद कार्यक्रम हो।
यसअघि प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूलाई व्यक्तिगत रूपमा भेट्ने पुरानो अभ्यासलाई परिवर्तन गर्दै सामूहिक भेटघाटको नयाँ शैली अपनाएका थिए, जसले सकारात्मक चर्चा पाएको थियो। भेटमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरूको सहभागिता रहने जनाइएको छ। यस भेटलाई नेपाल र युरोपेली मुलुकबीचको कूटनीतिक सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।