काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणव लाल सिंह रहेका छन् ।
जिल्ला अदालत काठमाडौँले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका सिंहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शुक्रबार काठमाडौँ महानगरपालिका–१३ छाउनी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाएको जनाएको छ ।