काठमाडौँ । नेपाल तामाङ घेदुङ को संघीय अध्यक्षमा रामकृष्ण ब्लोन भारी मतका साथ निर्वाचित भएका छन्।
काठमाडौँमा सम्पन्न १०औं महाधिवेशनको बन्दसत्रमा ब्लोनले ३०६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी कुमार घिसिङले ९८ मत प्राप्त गरे। त्यस्तै सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन ३६० मतसहित विजयी भएकी छन्। उपाध्यक्षहरूमा काजिमान थिङ, रुपबहादुर योन्जन, दिनेश कुमार लो, पासाङ दोर्जे लामा र प्रेम लो तामाङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षतर्फ दीना लामा र बिना मम्बा तामाङ चयन भएका छन्। महासचिवमा लिलाकुमार ग्लान निर्वाचित भएका छन् भने उपमहासचिव पदमा निर्मल बहादुर तामाङ, बिलाम मोक्तान र महिला श्रमिक लामा चयन भएका छन्। त्यसैगरी सचिव पदमा सुनिल मोक्तान, सुन्दर थोक तामाङ, हिरालाल तामाङ, उषा वाइबा र सङ्गीता तामाङ पाख्रीन निर्वाचित भएका छन्। कोषाध्यक्षमा तीर्थमान बल र सह–कोषाध्यक्षमा सीता चोदेन तामाङ निर्विरोध चयन भएका छन्।