काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ।
महोत्तरी घर भई बसोबास गर्दै आएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा आफ्नै सालो नाता पर्ने महोत्तरीकै २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कुले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति करिब साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनापछि आरोपी समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।