काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि प्रहरी चौकी पहलमानपुरबाट खटिएको टोलीले उनको खोजी गरेको थियो। खोजीका क्रममा सुशीललाई डुबेकै स्थानबाट अचेत अवस्थामा उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेका हुन्।