काठमाडौँ । त्रिभुवन विश्वविद्यालय को निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा सुशीलबहादुर बज्राचार्य लाई दिइएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह ले बज्राचार्यलाई उक्त जिम्मेवारी दिएका हुन् ।
अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधिकारी पदमुक्त भएपछि नयाँ व्यवस्था नभएसम्मका लागि बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो । यसअघि तत्कालीन उपकुलपति दीपक अर्याल ले अध्यादेश जारी हुनुअघि नै पदबाट राजीनामा दिएका थिए । उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ भने इच्छुक व्यक्तिबाट आवेदनसमेत माग गरिएको छ । आवेदन दिन १० दिनको समय तोकिएको जनाइएको छ ।