काठमाडौँ । प्रहरीले लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट भएको छुट्टाछुट्टै कारबाहीमा ट्रामाडोल, स्पास्पेन, ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रकम बरामद भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५२५ रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भई हरिसिद्धि बस्ने २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहेका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । यसैगरी दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्राम र नगद १९ हजार ३५० रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा करण डाँगी, भरत सुनार, बिमला बुढा मगर र देबका थापा क्षेत्री रहेका छन् । त्यस्तै घोराही–१५ नवबिहानी टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित ३४ वर्षीय शंकर नेपाली पक्राउ परेका छन् । साथै सुर्खेतको वीरेन्द्रनगर–११ बाट पनि ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्रामसहित १७ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सबै घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।