काठमाडौँ । सर्लाही मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटना ईश्वरपुर नगरपालिका–२ स्थित राईटरखोर क्षेत्रमा राति करिब ८: १५ बजे भएको हो । भारतीय नम्बर प्लेटको बिआर ३० ई ६९०२ नम्बरको मोटरसाइकल मियाँखोरबाट सुकनाहा तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएको हो ।दुर्घटनामा साइकल यात्री सोही वडाका किसुन देव साह गम्भीर घाइते भएका थिए भने मोटरसाइकल पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका थिए । उपचारका लागि अस्पताल पुर्याइएका घाइतेमध्ये किसुन देव साहलाई प्रादेशिक अस्पताल मलंगवामा राति करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।