काठमाडौँ। कर्णाली प्रदेशका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारको सुकुम्बासी हटाउने निर्णयको विरोध गर्दै सडक प्रदर्शन गरेका छन् ।
राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीहरू सुर्खेतमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा ठूलो संख्यामा सहभागी प्रदर्शनकारीहरूले बजार क्षेत्र परिक्रमा गरेका थिए । उनीहरूले ‘उठिबास होइन पुर्जा देऊ’, ‘हामीले चाहेको न्याय पाउन सकेनौं’, ‘विकल्प बिना बास खोस्नु अन्याय हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरूले बजार परिक्रमा पछि सभासमेत गर्ने कार्यक्रम रहेको जनाएका छन् ।